मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ । अवलकोनपछि गाउँपालिकाले माथिल्लो भागमा यसअघि असार १मा बाढी आउँदा नदीमा थुपि्रएर बसेको माटो बगेर आउन थालेको अनुमान गरेको छ ।
अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ। ‘ठूलो पानी नपर्दा सेमत यस्तो बाढी आउँदैछ भने अझ ठूलो पानी पर्यो भने माटो कटान थप बढेर जोखिम उच्च हुनसक्छ,’ उनले भने ।

