मकवानपुरमा आजबाट भेरोसेल खोप लगाइँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मकवानपुरको दश स्थानीय तहमा आजबाट कोभिड-१९ विरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइँदैछ । जिल्लाका ६ हजार जनालाई खोप लगाउने स्वास्थ्य कार्यालय मकवापनुरका प्रमुख प्रणय उपाध्यायले बताए ।

जिल्लाका ६२ वर्षदेखि ६४ वर्षसम्म उमेर समूहका नागरिकले भेरोसेल खोपको पहिलो डोज प्राप्त गर्नेछन् । मकवानपुरको बागमती गाउँपालिकाले भने मंगलबारबाट खोप लगाउन सुरु गरेको छ ।

अन्यत्र भेरोसेलको पहिलो डोज लगाइसकेकाले भने जिल्लामै दोस्रो डोज लगाउन पाउने प्रमुख उपाध्यायले जानकारी दिए । यसअघि मकवानपुरमा भारतीय खोप (कोभिशिल्ड) २१ हजार ४ सय ३ जनाले लगाएका थिए । उनीहरुमध्ये ६ हजार २ सय ४१ जनाले कोभिशिल्डको दोस्रो डोज लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..