महोत्तरीको सीमा नाकामा झडप, एक प्रहरी र आठ व्यापारी घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

१० जेठ, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् ।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करिब ८ बजे ५०÷६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।

स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।

यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..