शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेट जाँदा शीतल निवास पुगेका ओली करिब ४० मिनेट बसेर बाहिरिएका हुन् ।

विपक्षी दलले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै गर्दा प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका थिए । विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका १४९ सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..