प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिएका हुन्। बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि वैशाख २७ गते संसदमा विश्वास मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए।
तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ।

