एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । संसद्को विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिपछिको समीक्षा र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिन लागेको एक स्थायी कमिटी सदस्यले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धन सरकार गठनका लागि समय दिएकी छन् । उक्त विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..