बुटवलको कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा पुन: अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपछि एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकिएको छ ।

आईसीयूका बिरामीलाई धिमा गतिमा मात्रै अक्सिजन दिइएको अस्पतालले जनाएको छ । यहाँ आईसीयूमा १६ र एचडीयूमा ३६ गरी ५२ बिरामी छन् । अस्पतालले एचडीयू र आईसीयूमा भर्ना भएका बिरामीलाई समेत आफैं अक्सिजन जोहो गर्न आग्रह गरेको छ । अस्पतालले आफैं अक्सिजन जुटाउन भनेपछि जटिल खालका बिरामी र उनीहरूका आफन्त तनाबमा छन् । एचडीयूमा रहेका बिरामी तिलोत्तमाका हिक्मत चौधरीले बिहानैदेखि आफन्त र चिनजानका मान्छे गुहारेका छन् । ‘बिहान ३ बजेदेखि अक्सिजन झिकिएको हो,’ उनले भने ‘अस्पतालले आफैं अक्सिजन ल्याएमात्रै लगाइदिन्छौं भन्छ ।’

अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले तालिकाअनुसार सोमबार साँझ आउनुपर्ने अक्सिजन बिहानसम्म नआएपछि समस्या भएको बताए । ‘अबको आधा घण्टामा अक्सिजन आएन भने आईसीयूका बिरामीको पनि अक्सिजन झिक्नुपर्नेछ,’ उनले भने ।

कोरोना विशेष अस्पताल सञ्चालन गरेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले तालिकाअनुसार अक्सिजन नआउँदा समस्या भएको बताए । सम्झौता भएको बाँकेको एचओ कम्पनीले एक सातायता आपूर्ति रोकेको छ । बाँकेबाट अक्सिजन नआएपछि रूपन्देही जिल्ला प्रशासन, ग्यास उद्योगी र अस्पताल बसेर ४ दिनअघि तालिका बनाएका थिए । रूपन्देहीमा रहेको शंकर अक्सिजन ग्यास प्रालिले पूर्वनिर्धिारित परिमाणमा उत्पादन नभएको भन्दै अक्सिजन नदिँदा समस्या भएको सूचना अधिकारी गौतमले बताए । अक्सिजन सकिएपछि अस्पतालका स्टाफ आफैं अक्सिजन उद्योग रहेको माधवलिया पुगेका छन् । केही घण्टामा अक्सिजन व्यवस्था हुने सूचना अधिकारी डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..