मतदानमा अनुपस्थित हुने नेपाल पक्षका सांसदहरुको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपालपक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो ।

सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको बताए ।

‘बैठकमा राजीनामा दिनुपर्छ भन्नैमै हुनुहुन्छ झलनाथ र माधव कमरेड,’ छलफलमा रहेका ती नेताले भने, ‘सकेसम्म बीचको बाटो खोजौं भन्ने केही सांसदको राय आएको छ । तर, राजीनामा दिनुपर्छ भन्नेहरुको मत बलियो थियो ।’

आइतबार बेलुकी सिंहदरबारमा बसेको खनाल–नेपालपक्षका सांसदहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजे सम्मको समय दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..