कैलालीमा एकै दिन ९ जना संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२५ वैशाख, धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जनाको मृत्यु भएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..