गण्डकीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२५ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ५:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड निमोनियाको समस्या रहेको बताइएको छ ।

यस्तै पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७:२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५:१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले बताएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..