थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने एमालेको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — नेकपा (एमाले) स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय लिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । ‘राष्ट्रिय सभाको उम्मेदवार रामबहादुर थापालाई नै बनाउने निर्णय भयो,’ उनले भने ।

स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवारी दर्ताका लागि हेटौंडा गएका छन् । उनको साथमा प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल, एमाले नेता अग्नि खरेललगायत पनि गएका छन् ।थापासहितको टोली हेलिकोप्टरमा हेटौंडा गएको हो ।

कांग्रेस, माओवादी, एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष तथा जसपाको उपेन्द्र यादव पक्षले भने संघीयताका विज्ञ खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो । उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..