राष्ट्रवादी केन्द्र र बल्ड एसोसिएसन द्धारा रक्तदान अभियान सुरु,

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरानाभाइरस(कोभिड–१९ ) का कारण नेपालमा जारी लकडाउन भएको कारण रगतको अभाव कम हुन नदिन ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रवादी केन्द्र नेपाल र बल्ड डोनर्स एसोसिएसन नेपालको संयोजनमा भक्तपुर रक्तसञ्चारको प्राविधिक सहयोग सहित कमल पोखरी युवा समाज र शिखर टोल युवा समाजको आयोजनामा महालक्ष्मी नगरपालिका वडा नं. ४ कमल पोखरीमा कार्यक्रम सम्पन्न भएको छ । आकस्मिक घरदैलो रक्तदान अभियान अन्तर्गत रक्तदान जिबनदान भन्ने मानव धर्म र राष्ट्रिय दायित्व पूरा गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कुनैपनि अवस्थामा रगतको अभाव हुन नदिन सबै सरोकार क्षेत्र , ब्याक्ती , संघ संस्था लाई आआफ्नो टोल ,गाउँ , वडा र नगरमा न्युनतम ५ जना र अधिकतम १५ जना सम्मको रक्तदान कार्यक्रम राखेर हामी सबै नागरिक दायित्व पुरा गरि आकस्मिक घरदैलो रक्तदान अभियान लाई साथ दिन सम्पुर्ण नागरिक लाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..