काठमाडौँ — कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् ।
चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि कोटेश्वर, बल्खु, कलंकीलगायत नाकाहरूमा भने केही बेर ट्राफिक जाम पनि देखिएको छ । बुधबार बाहिरी जिल्लाबाट हिँडेका सवारी बिहान उपत्यका भित्रिएकाले पनि नाकाहरूमा चाप बढेको हो ।

