आठ महिनामा ६ खर्ब राजस्व

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ५९.६९ प्रतिशत र फागुन मसान्तसम्मको लक्ष्यको ९७.८० प्रतिशत हो ।अर्थ मन्त्रालयमा बुधबार आयोजित चालु आवको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उक्त विवरण पेस गरिएको हो ।

बुधबारसम्म भने ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । सरकारले चालु आवमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले राजस्व संकलनमा असर नपार्ने बताए । पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै अर्थमन्त्री पौडेलले लक्ष्यभन्दा बढी राजस्व असुल्ने गरी परिणाम निकाल्न निर्देशन दिए । चालु आवको फागुनसम्म चालुतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ, जुन वार्षिक विनियोजनको ४८.१८ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ ।

यो कुल पुँजीगत बजेटको २२.४४ प्रतिशत हो । अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथमिकता निर्धारणमा चुक्न नहुने र समयमै खर्च गर्ने परिपाटी जरुरी रहेको भन्दै खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरूलाई हटाउन निर्देशन दिए । अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रमअनुसार खर्च बढाउन सबै निकाय सक्रिय हुनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले योजना बनाउँदा नै ध्यान दिनुपर्ने बताउँदै सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनको चुनौती सामना गर्न सहुलियत कर्जा, पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जालगायतका कार्यक्रमहरू ल्याइएकाले सबैको मिहिनेतबाट उपलब्धि हासिल भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..