ओलीले स्पष्टीकरण सोध्नु हाँस्यास्पद : भीम रावल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहित पार्टी निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्।

रावलले ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो निर्णय आफूले अस्वीकार गर्ने पनि स्पष्ट पारेका हुन्।  गएराति एक ट्वीट गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने ओलीले सोधेको स्पष्टीकरण आफूले पूर्ण रुपमा अस्वीकार गर्ने उल्लेख गरेका छन्।

‘अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ। यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु।’ रावलले ट्वीटमा लेखेका छन्।

रावलले फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्ने जस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा ओलीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्। ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले केन्द्रीय कमिटीको बैठकले रावलसहित वरिष्ठ नेता माधव नेपाल, नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..