असफल कम्युनिष्टसँग मिलेर कांग्रेसको सरकार बनाउने चाहना उदेकलाग्दो: कमल थापा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनमा नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गर्दै असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएको स्मरण गराएका छन्। उनले नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो भन्दै त्यहीँ कम्युनिष्टसॅग मिलेर कांग्रेस सरकार बनाउन अग्रसर रहेको प्रति टिप्पणी गरेका हुन्।

उनले कम्युनिष्टको प्रस्ताव अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्ने बताएका छन्।नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले संसद विघटन गर्ने पुस ५ को कदमको विरोध गर्ने पार्टीहरूबीच सत्ता सहकार्यका लागि छलफल चलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..