प्रधानमन्त्री सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ : सुवास नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

जसपासँग वार्ताका लागि एमालेले तीन सदस्यीय कार्यदल बनाएको भनेर चर्चामा आएको छ, कार्यदलले के काम गरिरहेको छ ?

कार्यदल नै बनेको भन्ने चर्चा सही होइन ।

तर, तपाईंहरूको भेट भयो भनेर जसपाकै नेताहरूले बताएका छन् नि ।

उहाँहरू (सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णजी) बालुवाटार आउनुभएको थियो । हामी (म, विष्णु पौडेल र राजन भट्टराई)सँग भेट भयो । भेटवार्ता भएको सही हो ।

मधेसका चासो सम्बोधन भएनन् भनेर तत्कालीन राजपाले समर्थन फिर्ता लिएको हो र तत्कालीन संघीय समाजवादी त सरकारबाटै फिर्ता भएको हो । करिब दुइतिहाई थियो, संविधान संशोधन हुन सक्थ्यो, तर त्यो वातावरण बनेन । अहिले त्यस्तो नयाँ के आधार बनेको छ, जसका कारण उहाँहरूको माग सम्बोधन हुन सक्छ ?

उहाँहरूले हामीले पहिलेदेखि नै बारम्बार रेशम चौधरीको मुद्दा उठाउँदै आएका छौँ भन्नुभयो । त्यो मुद्दामा सरकारले पहल गरेर चौधरीलाई रिहाइ गर्नुपर्छ भन्ने उहाँहरूको माग छ ।

तपाईंहरूले के जवाफ दिनुभयो ?

हामीले तपाईंहरूको यो विषय प्रधानमन्त्रीसमक्ष पुर्‍याउँछौँ । यसबारेमा प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि जवाफ दिन्छौँ भन्यौँ र उठ्यौँ ।

रेशम चौधरीको रिहाइको माग त उहाँहरूको एक प्रमुख माग हो । निर्वाचित भएको तीन वर्षसम्म चौधरी जेलमै छन्। उनी अन्यायमा परेका हुन् भने अहिलेसम्म किन छाडिएन ? यदि उनले राज्यविरुद्ध अपराध गरेका हुन् भने प्रधानमन्त्री कसरी तयार हुनुहोला ?

यो कानुनी विषय हो ।

नयाँ समीकरणको दौड सुरु हुँदा जसपासँग वार्ता भएको छ । यसमा सिंगो जसपा आएन भने बहुमतको अंक पुग्ने गरी पार्टी विभाजन गराएर उहाँहरू आउने सम्भावना छ ?

यसमा मेरो कुनै टिप्पणी छैन । प्रधानमन्त्रीज्यू सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ ।

कांग्रेसले अर्ली इलेक्सनको कुरा गरेको छ, तपाईंहरूको मत के छ ?

सम्मानित सर्वोच्च अदालतले फैसला गरेपछि प्रधानमन्त्री र हामी सबैको चिन्ता यही हो । सम्मानित सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्‍यो । तर, हामीबीच जे–जे समस्या थिए, ती समस्या सुल्झाएन । त्यसैले समस्या र जटिलता अझ थप बल्झिन्छन् कि भन्नेमा हामी चिन्तित छौँ । संसद्को पहिलो बैठक अवरुद्ध भयो, सत्ता पक्षकै साथीले बहिष्कार गर्नुभयो । यसले हाम्रो बीचको समस्या झन् जटिल बन्दै गएको देखिन्छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षका साथीले देश ‘अर्ली इलेक्सन’तिर गइरहेको छ भन्ने मूल्यांकन गर्नुभयो भने अचम्म मान्नुपर्दैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..