सर्वोच्चको फैसलाले संकटमा नेपाल र बादल समूह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादी समूह ब्युँतिएपछि दुई समूहमा विभाजित नेकपामा माधवकुमार नेपाल समूह र रामबहादुर थापा ‘बादल’ समूह संकटमा परेको छ । फैसलाबाट अबदेखि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मान्यता पाएपछि दुवै दलमा ३ जेठ, ०७५ मा पार्टी एकीकरण हुनुअगावैको साबिक केन्द्रीय कमिटी र संसदीय दल निर्णायक हुनेछ । जब कि अहिले साबिक नेकपाको प्रधानमन्त्री केपी ओली समूह र माओवादी केन्द्रको रामबहादुर थापा ‘बादल’ समूह तथा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह फरक–फरक नेकपा समूहमा छन् ।

नेपाल र बादल दुवैले फैसलापछि मान्यता पाएको एमाले र माओवादी केन्द्र विभाजन गर्ने हैसियत राख्दैनन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने हुन्छ । तर, दुवै नेताले दुवैतिर त्यस्तो सामथ्र्य राख्दैनन् ।

एमालेतर्फको दुई सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा एक सय नौजना नेपालपक्षीय केन्द्रीय सदस्य छन् । यो हिसाबअनुसार नेपाल केन्द्रीय कमिटीमा ४० प्रतिशतभन्दा माथि छन् । तर, संसदीय दलमा प्रतिनिधिसभाका एक सय २० तथा राष्ट्रिय सभाको ३३ जना एमालेका सांसद छन् । तीमध्ये नेपाल समूहमा प्रतिनिधिसभाका ३८ र राष्ट्रिय सभाका पाँचसहित ४३ सांसद छन् । वामदेव गौतम कतै खुलेका छैनन् । संसदीय दलमा नेपाल समूहको चालीस प्रतिशत पुग्दैन । त्यसैले नेपालले चाहेर पनि एमाले फुटाउन सक्दैनन् ।

उता, बादलसँग पूर्वमाओवादी समूहका दुई सय केन्द्रीय सदस्यमध्ये आठजना मात्र लागेका छन् । प्रतिनिधिसभामा ५३ सांसदमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी बादलतिर लागेका छन् । उनीहरू केन्द्रीय सदस्य र सांसद हुन् । तर, मणि थापा, दावा लामा, बालकृष्ण ढुंगेल र नेपबहादुर कुँवर भने पूर्वमाओवादी समूहको केन्द्रीय कमिटी सदस्य मात्र हुन् । थापा र लामा ओली नेतृत्वको सरकारमा मन्त्री छन् । यो संख्याअनुसार दुवैतिर चालीस प्रतिशत नपुग्ने हुँदा बादलले पनि माओवादी केन्द्र फुटाउने सामथ्र्य राख्दैनन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..