सरकार र नेपाल कम्युनिस्ट पार्टीद्वारा वार्ता टोली गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

वार्ताको अनुकूल वातावरणका लागि सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको प्रयासले मूर्तरूप लिन पुगेको छ । वार्ताका लागि नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी नेपाल सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एक विज्ञप्ति जारी गरी पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ रहेको दुई सदस्यीय उच्चस्तरीय टोली सार्वजनिक गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक प्रेस विज्ञप्तिमार्फत् पार्टीको तर्फबाट वार्ता टोलीको नाम सार्वजनिक गरेका हुन् । ‘सरकारसँग देशको राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताको विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी सहमत भएको छ’, महासचिव विप्लवद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क. प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क. दिपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौँ’, उल्लेख गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीले संघर्षको क्रममा आफूले उठाउँदै आएको नेपालको राष्ट्रियता, समाजवाद र जनताका विभिन्न समस्याहरूबारे वार्ताको टेबुलमा विषय उठान गर्ने बताएको छ । सरकारी ने.क.पा.ले पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, जेल र हिरासतमा रहेका नेता–कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दा खारेजीको विषयलाई विशेष प्राथमिकता दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..