संसदीय दलमा बहुमत रहेको दुवै समूहको दाबी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह र ओली समूह दुवै पक्षले आ–आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन् । शुक्रबार सम्पन्न प्रचण्ड–नेपाल समूहको संसदीय दलमा १ सय १५ जना सांसद रहेको दाबी गरेसँग ओली समूहले पनि आफ्नो पक्षमा १ सय १५ जना सांसद पुगेको दाबी गरेको हो ।

नेकपाभित्र प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २ सय २० सांसद रहेका छन्, जसमा बहुमतका लागि १ सय ११ जना सांसदको खाँचो पर्छ । संसदीय दलमा दुवै समूहले बहुमतको दाबी गरे पनि हस्ताक्षरसहितको नामावली दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार सम्पन्न संसदीय दलको बैठकमा १ सय १३ जना सांसदले हस्ताक्षर गरेको बताउँदै बाँकी तीन जनाले अझै हस्ताक्षर गर्ने बताउनुभयो । आफूहरु संसदीय दलमा बहुमतमा रहेको उहाँले दाबी गर्नुभयो । नेकपा ओली समूहको संसदीय दलको शनिबार बसेको बैठकले बहुमत सांसद उपस्थित भएको दाबी गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका सांसद खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रियसभाका २४ र प्रतिनिधिसभाका ९१ जना सांसद् उपस्थित भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..