घूस रकम फालेर पालिका अध्यक्ष फरार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् ।

सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घूस बापत लिएको रकम छिरेश्वर नगरपालिका–५ को बाटोमा छोडेर भागेको पनि आयोगले जनाएको छ ।

घूस रकमसहित पक्राउ गर्न गएको अख्तियारको टोलीले प्रहरीलाई खबर गरे पनि अध्यक्ष क्षेत्री भने अझै फरार रहेका छन् ।स्थानीयले अध्यक्ष क्षेत्रीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..