आजबाट प्रि–मनसुन सुरु, तीनमहिना चट्याङ्ग/हावाहुरी/असिना पानीबाट जोगिन आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । यो वर्षको जाडोयाम आजबाट समाप्त भएर प्रि–मनसुन सिजन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मार्च १ बाट प्रि–मनसुन सुरु हुन्छ ।

यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन र चट्याङ्गको सम्भावना रहनुको साथै हावाहुरी र असिना पानीको सम्भावना उच्च रहन्छ ।

यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आजबाट प्रि–मनसुन तीन महिना रहन्छ । जुन १ बाट मनसुन सुरु हुन्छ । “जुन १ बाट मनसुन सुरु हुन्छ भनिए पनि त्यसमा केही समय अगाडि वा पछाडि हुनसक्छ,” मौसमविद् निराजन सापकोटा भन्छन् ।

प्रि–मनसुनमा वाह्य मौसमी प्रणाली भित्रिँदैन । स्थानीय वायुको प्रभावले बादल लाग्ने र तत्काल मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना–पानी पर्ने सापकोटा बताउँछन् । यो ठूलो क्षेत्रमा नभएर स्थानीय वायुको प्रभावका कारण हुने भएकाले सानो–सानो क्षेत्रमा हुने उनी बताउँछन् ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

यसैबीच, आज विहान १०.४ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंका दिउँसो २७–२९ डिग्री सेल्सियससम्म पग्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..