ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता छैन, मलाई अन्याय भयो : प्रचण्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अन्यायमा परेको बताएका छन् । शनिबार शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेकाले न्याय र सत्यका पक्षमा बोलिदिन शिक्षकहरुलाई आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्री केपि ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो । त्यसैले पार्टी एकतामा संकट पैदा भयो । अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु पर्यो ।’

ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको र जेलमा बस्दा पनि चाणक्य नीतिबाहेक केही नपढेको आरोप लगाए। उनी अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको प्रचण्डको भनाइ छ।

‘केपीको क्षमता भनेकै त्यही हो। विचार इमान्दारमा कुनै क्षमता छैन। बेइमानी छलकपट बाहेक केही क्षमता छैन। जेलमा चाणक्य नीतिबाहेक केही पढेन छन् । शकुनी उनलाई धेरै मनपर्छ। शकुनी उनको मनपर्ने पात्र हो। त्यसैले शकुनीको भूमिकामा छन् उनी।’

शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको प्रचण्डको रहेको छ । अदालतको फैसलासँगै ओली सँगको लडाइ जितिएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..