स्थगित भयो ओली समूहको स्थायी कमिटी बैठक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको समूहले बिहीवारको लागि बोलाएको स्थायी कमिटी स्थगित भएको जनाएको छ ।

बुधवारदेखि शुरू भएको बैठक बिहीवार बिहान बस्ने तयारी थियो । तर बिहीवारको बैठक स्थगित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बुधवारको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको थियो ।

बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उर्जा मन्त्री टोपबहादुर रायमाझी , खानेपानी मन्त्री मणिचन्द्र थापा, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल लगायत नेताहरूको उपस्थित थियो ।

बैठकमा सर्वोच्च अदालतले गरेको फैसला अनपेक्षित भएपनि स्वागत गर्ने निर्णय भएको थियो ।

प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषयमा दलहरुसँग परामर्श गर्ने लगायतका विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..