संसद पुनर्स्थापना भएरै छाड्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १२, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं– अन्ततः संसद पुनर्स्थापना भएरै छाड्यो ।

बर्तमान राजनीतिक संकटको निकास भनेको संसद पुनर्स्थापना हो भनेर मैले बारम्वार बिषय वस्तु उठाउँदै आफना विचार राख्दै आएको सर्वबिदितै छ ।

अब मुलुकको राजनीतिक र संवैधानिक संकट समाधान भएको छ ।

दृष्टिकोण

मुलुक सहि बाटोमा आएको छ ।

सम्मानित अदालतबाट निष्पक्ष फैसला भएको छ ।

यसको हामी सबैले स्वागत गर्नु पर्छ ।

न्याय मरेको छैन भन्ने कुरा प्रमाणित भएको छ ।

यो फैसलाले जनताको पक्षमा न्याय भएको छ ।

संसद पुनर्स्थापना हुनु भनेको जनताको जित हो ।

यो बेमौसमीमा जनताले चुनाव चाहेका थिएनन ।

अहिले संसद पुनस्थापना भएर संकट समाधान भएको छ ।

यो नै राम्रो कुरा हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर जनताको मन जितेको छ ।

यो नै खुशीको कुरा हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन वदर गरि संसद पुनर्स्थापनाको फैसला गरेर सबैको मनमा बस्न सफल भएको छ ।

दुई महिना लामो वहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

संवैधानिक पद्धति नै समाप्त हुन्छ की भन्ने आम नागरिकमा एक खालको डर उत्पन्न भएको थियो ।

त्यो डरलाई सर्वोच्चले निर्मूल गरिदिएको छ ।

संवैधानिक पद्धतिलाई सहि बाटोमा ल्याइदिएको छ ।

यो भन्दा खुशीको कुरा अरु के हुन्छ ?

संसद् पुनर्स्थापना हुनु भनेको जनताको भाग्य र भविष्य चम्कनु हो ।

यो फैसलाले संसद्लाई प्रतिनिधिसभा विघटनभन्दा अघिको स्थानमा फर्काएको छ ।

अब सांसदहरुले, राजनीतिकर्मीहरुले संविधानको भावना अनुसार र जनताप्रतिको जवाफदेहितालाई राम्रोसँग बुझेर, गुट–उपगुटमा विभाजित नभइ, निजी स्वार्थहरुमा विभाजित नभएर देशको हितमा काम गर्नु पर्छ ।

देशका सामु धेरै समस्याहरु तेर्सिएका छन् ।

संसद् पुनस्थापित हुने बित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने सोच्नु हुँदैन ।

अब दलहरु सच्चिने मौका पनि हो यो ।

देशमा देखिएका तमाम समस्या समाधानतर्फ सबै अग्रसर हुनु पर्ने आवश्यकता देखिएको छ ।

अब देशलाई अघि बढाउन सर्वोच्च अदालतले बाटो खोलिदिएको छ ।

अदालतले संविधान, ऐन, कानुन अनुसार फैसला गरेको छ ।

यो राम्रो पक्ष हो ।

अदालतले आफ्नो जवाफदेहितालाई निर्वाह गरेको छ ।

जनताको अपेक्षालाई उसले पुरा गरिदिएको छ ।

यस अर्थमा पनि सर्वोच्चको यो फैसला सकारात्मक हो भन्ने मलाई लाग्छ ।

संविधान जनताको हो, जबसम्म प्रजातन्त्रमा नागरिक आफैंले आफ्नो स्वामीत्व वा दायीत्व ग्रहण गर्दैन, तब सम्म देश सुरक्षित हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको संवैधानिक सर्वोच्चता सबैले मान्नु पर्छ ।

कानुनको राज्य भनेको संविधानको सर्वोच्चता हो ।

त्यो सर्वोच्चता अन्तर्गत सबैजना राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश जोजुकै पनि चल्नुपर्छ ।

संविधान सर्वोच्च हो ।

संविधानभन्दा माथि कोही छैन ।

अदालतले यो संविधानलाई सहि बाटोमा हिँडाउनका लागि सहि ट्रयाकमा ल्याउने काम गरेको छ ।

(डा.डीआर उपाध्याय)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..