नेकपा प्रचण्ड–माधव समूहले ६८ जिल्लाकाे नेतृत्व चयन गर्‍याे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।

प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नाै बुँदे सहमति भएको थियो ।

पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..