प्रचण्ड–माधवलाई महासचिव छान्न हम्मे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।

संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्ने सकेको छैन । स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर, महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने ? भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ ।

तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने टुंगो लागेपछि मात्र को हुने भन्न सकिन्छ । दुवै अध्यक्षबीच कुरा मिलेको छैन,’ स्रोतले भन्यो । स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..