विकट गाउँमा फोरजी सेवा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुरु भएको छ। सोलुखुम्बुमा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छवटा सञ्चालन भएको नेपाल टेलिकम  कार्यालय ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए।

पन्थीका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको कांगेलमा बिहीबार बेलुकीदेखि उक्त सेवा सञ्चालनमा आएको हो। यस्तै, सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ। क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्र सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ।

उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चारवटा सञ्चालनमा आएको छ। यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार, खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ।

यस्तै, केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ।

यता  ओखलढुङ्गा जिल्लामा पनि फोरजी सेवा सञ्चालन भएको छ। २५ वटा फोर लेग टावरमध्ये छवटाबाट सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालय ओखलढुङ्गाले जनाएको छ। सिद्धिचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो। अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीले बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..