‘मुलुकमा पुनः द्वन्द्व हुन सक्छ’ : गृहमन्त्री

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टी ओली समँहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा पुनः अर्को सशस्त्र द्वन्द्व हुन सक्ने अवस्था आउन सक्ने भएकाले तयारीको अवस्थामा रहनुपर्ने बताउनुभएको छ ।

शनिबार जनयुद्ध दिवसमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । समाजवादी क्रान्ति अगाडि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्ने बताउँदै उहाँले समाजवादी कार्यक्रम लागँ गर्ने क्रममा एउटा सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

भोलि गएर समाजवादी क्रान्तिको एउटा चरणमा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध ग¥यो भने त्यसलाई असफल पार्न सरकारसँग भएको सेना प्रहरीद्वारा उनीहरुमाथि सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्छ।’ –गृहमन्त्री थापाले भन्नुभयो । तर अहिले नै समाजवादी क्रान्तिका लागि हतियार उठाउनुपर्ने अवस्था र आवश्यकता नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..