देउवाले समाते यसअघिको नजिर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कांग्रेस केन्द्रीय कार्यसमितिको ०७६ पुस ११ को निर्णयअनुसार पार्टी महाधिवेशन एक सातापछि सुरु गर्नुपर्ने हुन्छ । उक्त बैठकले यही फागुन ७–१० गते महाधिवेशन हुने तालिका ल्याएको थियो । महाधिवेशनको मिति तोकिए पनि तयारी त्यसअनुसार हुन सकेन । कांग्रेसले महाविधेशनको अर्को तालिका पनि तोकेको छैन ।

केन्द्रीय कार्यसमिति बैठकमा गत माघ १३ गते महाधिवेशन कहिले गर्ने भन्नेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केहीछिन सवालजवाफ चलेको थियो । पौडेलले बैठकमै महाधिवेशन चाँडै गर्न नेतृत्वको ध्यानाकर्षण गराउँदा देउवाले आफूले कार्यवाहक भएर कहिले महाधिवेशन गराएको हो र भनेर पौडेललाई नै प्रश्न गरेका थिए । पाँच वर्षअघि महाधिवेशन गराउँदा पौडेल कार्यवाहक सभापति थिए । सुशील कोइरालाको निधनपछि पौडेल पार्टी नेतृत्वमा थिए । संविधान निर्माणको आखिरी समय परेकाले पाँच वर्षभित्र पार्टी महाधिवेशन गराउन नसक्दा संविधानमै थप ६ महिनाको समय राख्नुपरेको थियो । अहिले त्यही नजिरलाई देउवाले समातेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..