सभामुखका वकिल भन्छन्- फैसलामा प्रतिनिधिसभा बैठकको मिति पनि तोकौं

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । सभामुखका कानुन व्यवसायी लवकुमार मैनालीले प्रतिनिधिसभा बैठकको मिति नै तोकेर फैसला गर्नुपर्ने बताएका छन् ।

“प्रधानमन्त्रीका वकिलले संसद पुनःस्थापना भएर, प्रधानमन्त्रीले बैठक बोलाउनु भएन भने के हुन्छ भनेर भन्नुभएको छ । त्यसैले श्रीमान् फैसलामा बैठकको मिति नै तोकिनुपर्छ,” उनले बुधबार बहसका क्रममा भने ।

बुधबार प्रधानमन्त्रीका वकिल बालकृष्ण न्यौपानेले प्रतिनिधिसभा पुन:स्थापना भए पनि बैठक नबोलाए के हुन्छ भन्दै प्रश्न गरेका थिए । “एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छन् । एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ । अब पुन:स्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ?”

सभामुखका तर्फबाट बहस सकिएको छ । अधिवक्ता श्रीकृष्ण सुवेदी, लवकुमार मैनाली र श्यामप्रसाद खरेलले बहस गरेका थिए । उनीहरूले विघटन असंवैधानिक र गैरकानुनी भएको जिकिर गरे । संसद्‌ले सहयोग नगरेकाले विघटन गरेको प्रधानमन्त्रीका वकिलहरूको भनाइको खण्डन पनि गरे । सरकारलाई संसद्‌ले सहयोग गरिरहे पनि विघटन गरिएको उनीहरूको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..