ओलीतिर गएकाहरु फर्कने क्रम बढ्दैछ: प्रचण्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली विचार र राजनीति तथा विधि र प्रक्रियाको हिसावले पनि निरंकुशताको यात्रामा लागेकाले मुलुकमा राजनीतिक संकट पैदा भएको बताएका छन् ।

बिहीबार काठमाडौमा भएको प्रशिक्षण कर्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमा पनि लोकतन्त्रको अभ्यास नमानेकाले देश चलाउने कुरामा पनि लोकतन्त्रको अभ्यास विपरित गएको बताएका हुन् ।  ‘केपी राजनीति र विचार तथा विधि र प्रक्रियाको हिसाबले पनि निरंकुशतातिर गएकाले राजनीतिक संकट पैदा भएको हो’ प्रचण्डको भनाई छ ।

उनले पार्टीमा काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटन गरेँ भनेर ओलीले भनेर भ्रम छरेको बताए । उनले पार्टी एकताविरोधी ओली पक्ष चोइटिएर गएको भन्दै केपीले दिने गरेको भ्रम कमजोर हुँदै गएको बताए । ‘भ्रममा परेका साथीहरु उता गएकाहरु फर्कने क्रम बढ्दो छ । आज मात्रै पनि मैले एकजना सांसदसँग कुरा गरेको छ । त्यसकारण हामी एकताबद्ध भएर जाऔं हाम्रो जित सुनिश्चित छ’, अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..