प्रतिबन्धित विप्लव नेकपासँग सहकार्य गर्दै वैद्य, आज रणनीतिक संयुक्त मोर्चा घोषणा हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लवसँग सहकार्य गर्ने भएको छ । न प्रतिगमन न यथास्थितिवादीको पक्ष लिने भनिएको रणनीतिक संयुक्त मोर्चाको आज घोषणा हुँदैछ । आज प्रज्ञा प्रतिष्ठान कमलादीमा संयुक्त मोर्चा घोषणा गर्ने कार्यक्रम छ ।

कार्यक्रममा विप्लव वा उनको पार्टीका कुनै नेता भने नआउने बताइएको छ । विप्लवको संगठन सरकारद्वारा प्रतिबन्धित छ र कुनै नेता आएको अवस्थामा उनीहरु पक्राउ पर्न सक्ने भएकोले उनीहरु आउने सम्भावना नरहेको स्रोतले बतायो । यद्यपि विप्लवले आफ्नो सन्देश भने पठाउनेछन् ।

विप्लवको सन्देश लिएर बुद्धिजीवी गुणराज लोहनी कार्यक्रममा उपस्थित हुनेछन् । उनले विप्लवको सन्देश पढेर सुनाउने बताइएको छ । संयुक्त मोर्चामा वैद्यको नेकपा क्रान्तिकारी माओवादी विप्लवको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतीको पार्टी लगायत सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..