निर्वाचनको तयारी बुझ्न ओली पुगे निर्वाचन आयोग, नेकपा विवाद बारे पनि राखे जिज्ञासा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर बैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी बारे जानकारी लिएका छन्।

प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेको विषय सर्वोच्च अदालतमा विचारधिन रहँदा ओली निर्वाचन आयोग पुगेका हुन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ओलीलाई निर्वाचनको तयारी बारे जानकारी गराएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन आयोगले निर्वाचनको तयारी उत्साहजनक रहेको ब्रिफिङ गरेका थिए।

थापाले भने , ‘ निर्वाचनका लागि आवश्यक बजेट र तयारीबारे प्रधानमन्त्रीले जानकारी लिनुभयो। पार्टीमा देखिएको विवाद मूल विषयमा जिज्ञासा मात्रै राख्नुभयो।’

थपलियासँग ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विभाजन, त्यसपछि उत्पन्न परिस्थिति र निर्वाचन आयोगको कानुन र अभ्यास बारे जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..