मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रदेश सभा सचिवालयका अनुसार अविश्वास प्रस्तावबाहेक प्रदेश सभामा बिजनेस छैन। आज दिउसो २ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए।

प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेश हुने कार्यसूचि बनाउन लागिएको छ। यसका लागि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ।

अब मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने नेकपा (दाहाल–नेपाल) पक्षका सांसद इन्द्रबहादुर आङ्वोले बताए।

नेकपा (ओली) पक्षका सांसद भने अहिले अविश्वास प्रस्ताव अघि बढाउन नहुने पक्षमा छन्। नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा औपचारिक  रुपमा विभाजन नभएकाले अहिले प्रक्रिया अघि बढाउन नहुने तर्क गरे।

कांग्रेस पनि अविश्वास प्रस्ताव अघि बढाउनुपर्ने पक्षमा छ। अविश्वास प्रस्ताव संसदमा पेस भएपछि निर्णय गरिने कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..