लोकतन्त्र कसैले खोस्न सक्दैनः प्रधानमन्त्री

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं, माघ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्ज्वल रहेको बताएका छन् । उनले यसप्रति कसैले कर्के नजर लगाउन नसक्ने पनि बताए । नेकपा ओली समूहले राजधानीमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले लोकतन्त्र खोस्न र मास्न नसक्ने स्पष्ट पारेका हुन् । उनले आफूमाथि लागेको प्रतिगमनकारी आरोपको पनि खण्डन गरे ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र निरंकुश शासकको आरोप लाग्दै आएको छ । दसौं हजार कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री ओलीले माधव नेपाल र पुष्पकमल दाहालको आलोचना गर्दै आफ्नो कदमको बचाउ गरे । नेपाल–दाहाल समूहको नेकपाले लगाउँदै आएको आरोपको खण्डन गर्दै ओलीले आफू गणतन्त्र र लोकतन्त्रविरोधी नभएको प्रस्ट्याए । नेपाल–दाहाल समूहले ओली गणतन्त्रविरोधी भएको आरोप लगाउँदै आएको छ । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन, लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ, लोकतन्त्रकै लागि म चौध वर्ष जेल बसेको हुँ । यहाँ कसैले भ्रम नपाले हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको धर्म निरपेक्षताविरोधी र राजतन्त्र फर्काउन प्रपञ्च गरेको आरोप पनि मिथ्या भएको बताए । ‘केहीले भनेका छन्, नारायणहिटीमा सभा गरेर ओलीले राजतन्त्र फर्काउन खोज्यो । म तिनीहरूलाई भन्न चाहन्छु, गणतन्त्रका लागि म पनि लडेको हुँ, गणतन्त्र हलचल हुँदैन’, उनले भने ।

ओलीले आफूलाई काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । ‘जनताले बुझेको कुरा हो, काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जबाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ,’ उनले भने । उनले चुनावमार्फत नै जनताले काम गर्न खोज्ने ठीक कि गर्न नदिने ठीक भन्ने फैसला गर्ने बताए ।

मुलुक निर्वाचनतर्फ उन्मुख भइसकेकाले यसलाई अब कसैले रोक्न नसक्ने दाबी उनले गरे । ‘निर्वाचनमार्फत देशलाई स्थायित्वको बाटोमा डोर्‍याइनेछ’, उनले भने । उनले निर्वाचनको तयारी नगर भन्नु लोकतन्त्रविरोधी हर्कत भएको बताए । प्रधानमन्त्री ओलीले नेपाल–दाहाल समूहप्रति लक्षित गर्दै केही मानिस सरकार छाडेर हिँडेपछि संवैधानिक आयोगमा पदपूर्ति सम्भव भएको दाबी गरे । ‘उनीहरूले काम गर्न दिएनन् । तीन वर्षसम्म आयोगहरू बनेनन् । दुईचारजना निस्केर हिँडेपछि बल्ल आयोग बने । ती मानिस रहुन्जेल आयोगमा पदपूर्ति गर्न दिएनन् । उनीहरूलाई अहिले कति पिर परेको रहेछ भने त्यसकै भोलिपल्ट नेपाल बन्द गरे’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..