काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा भएको सभा कास्टिङमात्र भएको बताएका छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने बताए ।
मन्तव्यको अधिकांश समय नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको विरोधमा धारणा राखेका उनले आफू नेतृत्वको नेकपा नै सक्कली भएको बताए ।

