यो आमसभाले सक्कली नेकपा पार्टी भएको फैसला गरिसक्यो-प्रधानमन्त्री ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट आएको आजको आमसभाले सक्कली र  नक्कली नेकपाको फैसला गरिसकेको दाबी गरेका छन्।

शुक्रबार नेकपाको ओली समूहले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जनसभामालाई सम्बोधन गर्दै उनले भने, ‘यो आमसभाले नै तय गरिसक्यो। यो की कुन चाहि सक्कली र कुन चाहि नक्कली हो। अझै पनि भनिरहनु पर्छ र ?’

प्रचण्ड-माधव नेपालले गर्ने आन्दोलनलाई  नरभक्षी आन्दोलनको संज्ञा दिँदै उनले भने, ‘प्रचण्ड-माधवको नरभक्षी आन्दोलनको दिन गए। बन्दको नाममा ट्याक्सीभित्र गरीब ड्राइभर जलाउन खोज्‍ने दिन गए।’

यस्तै ओलीले सार्वभौतसत्ताको रक्षाको लागि, स्वाधिनताको रक्षा गर्दै ठीक ढंगले प्रयोग गर्ने पार्टी  नेकपा भएको जिकिर गरे। उनले भने,’ लोकतन्त्रका लागि सात दशक संघर्ष गरेर आएको पार्टी हो नेकपा। देश बनाउने संकल्प बोकेको हुनाले यही नै नेकपाको मूल पार्टी हो।’

उनले हिजो प्रचण्ड माधवले तथाकथित नेपाल बन्द गरेको आरोप लगाए।  उनले भने, ‘गरीबका लागि काम गर्ने भन्‍ने तर बुढि आमाले टमाटर साग बेच्न राखेका तरकारी फ्याकेर उहाँहरु क्रान्ति र आन्दोलन गर्नुहुन्छ।’

गरीबको नोक्सान भएको क्षतिपूर्ति सरकारले दिने भन्‍दै उनले ट्याक्सीवालालाई इन्स्युरेन्स नदिए सरकारले  क्षतिपूर्ति दिलाउने आश्वासन दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..