‘प्रधानमन्त्रीज्यू ! प्रदेश खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गराैँ !’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्व-सांसद एवं नेतृ निरु पालले प्रदेश सभा खारेज गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएकी छन् । ‘संघीयता’ नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भन्दै उनले प्रदेशहरू खारेज गरेर बरू प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

मलाई पार्टीले कारबाही गरे पनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठिकै छ सहुँला,’ पालले लेखेकी छन्,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ । प्रधानमन्त्रीज्यू ! यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन । मुठ्ठी भर नेता त खुसीँ छौँ, कोही मुख्यमन्त्री, कोही प्रदेशमन्त्री, कोही सांसद छौं । तलब-भत्तामै देशको ढुकुटी नसिध्याऔं !’

जनताको घरदैलोसम्म सेवा पुर्‍याउनु मुख्य कुरा रहेकाे भन्दै उनले थपेकी छन्, ‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्‍याऔं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..