सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : नेता पुन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाण्डौं। नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्‍त्री वर्षमान पुन अनन्तले लडेर आएकाले सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्।

संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड समूहले बिहीबार गरेको आमहड्तालका अवसरमा चावहिलमा बोल्दै पुनले ज्ञानेन्द्र शाहको

निरंकुशतासँग लडेर आएका आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने बताए।

बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो ।

अहिलेको आन्दोलन प्रधानमन्‍त्री केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..