काठमाडाैं। सर्वाेच्च अदालतमा ‘हेर्दाहेर्दै’मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट सुनुवाइ हुँदै छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
माघ ४ देखि मुद्दामा निरन्तर हुँदै आइरहेको सुनुवाइमा सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरिसकेका छन्। त्यसैगरी वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरेका छन्।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले हिजोदेखि बहस सुरू गरेका छन्। बहस नसकिएकाले आज पनि सरकारको तर्फबाट पाण्डेयले नै बहस गर्दै छन्।

