आङ सान सुचीलाई रिहा गर्न देउवाकाे आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुचीलाई तत्काल रिहा गर्न म्यानमारको सेनालाई

आग्रह गरेका छन् ।

सभापति देउवाले सोमबार ट्वीटरमा लेखेका छन् , “आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली

काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।”

म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका शीर्ष राजनीतिक दल र सरकारी

अधिकारीहरुलाई गिरफ्तार गरेकाे छ  ।
निर्वाचनपछिको पहिलो संसद् बैठक बस्‍नुअघि सोमबार बिहान सेनाले सुचीसहितका नेताहरुलाई गिरफ्तार गरेकाे हो । साथै सेनाले सैन्य कू

गरि निर्वाचति सरकार अपदस्थ गरेको छ । सरकार असफल भएपछि एक वर्षका संकटकाल लगाइएको म्यानमारको सेनाले जनाएको छ ।

यसअघि नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दल पराजित भएपछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..