अभिनेत्री फरिता खड्काले खोलिन् ‘डीएनसी’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ललितपुर : मोडल तथा अभिनेत्री फरिता खड्काले ललितपुरको सातदोबाटोमा ‘डाइनामिक नृत्य क्रिएसन’ (डीएनसी) सञ्चालनमा ल्याएकी छन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले डाइनामिक नृत्य क्रिएटिभ फिल्मस् प्रालिको उद्घाटन गरेका छन्।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला, गोपालकाजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, शृंगारकर्मी श्यामकुमार बराल, पत्रकार सानुकाजी श्रेष्ठ, द्वन्द्व निर्देशक शंकर महर्जज, गोपाल ढकाल ‘छन्दे’, रामेश्वर बुर्लाकोटीलगायका व्यक्तित्वले फरितालाई सफलताको शुभकामना दिए। सानैदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता र अमित ठाकुरले नृत्य तथा अभिनय प्रशिक्षण केन्द्र स्थापना गरेका हुन्।

अभिनय तथा फिल्मसम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी सेन्टर स्थापना गरिएको फरिताले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..