बुटवलमा पाँच सात हजार भेला गरेर खुट्टा बजारेछन्, २९ गते हामी देखाउँछौं : ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समूहले हिजो बुटवलमा आयोजना गरेको सभालाई ५/७ हजार जम्मा गरेर खुट्टा

बजारेको टिप्पणी गरेका छन् ।बास्तविक जनभेला कस्तो हुन्छ भरेर आफूहरुले देखाउने उनको भनाइ छ ।

माघ २३ मा काठमाडौं र २९ मा बुटवलबाट जनसभा गरेर आफ्नो शक्ति दुनियालाई देखाउने उनले बताएका छन् ।

काठमाडौं महानगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अबका जनसभाहरू चुनावी अभियानका रुपमा लैजाने बताए ।

ओलीले भने, ‘हिजो बुटवलमा पाँच/सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन् । वास्तविक आमसभा हामी बुटवलमा २८ गते गर्छौं ।

हामीलाई त्यो ठाउँ सानो हुन्छ, ठूला ठाउँ खोजेर लाखौं जनताको बीचमा सभा गर्छौं । त्यसपछि उनीहरूले खुट्टा बजारेको बेकार रहेछ भन्नेछन् ।’

ओलीले माघ २३ गते काठमाडौंले चुनावको लागि देशलाई जुरुक्कै उठाउनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..