एकपटक सूर्य चिन्हमा छाप नलगाएको मान्छेले मेरो हो सुर्य चिन्ह रे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरुको भएको दोहोर्‍याएका छन्। बिहीबार नेपाल टेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सूर्य चिन्ह आफूहरुले बनाएको र आफ्नो हुने दाबी गरे।

‘सूर्य चिन्ह बनाउने हामी, सूर्य चिन्ह दर्ता गर्ने हामी, जिन्दगीभर सूर्य चिन्हको प्रचार गर्ने हामी, सूर्य चिन्हबाट चुनाव लडेर जित्ने हामी एकपटक सूर्य चिन्हमा छाप नलगाएको मान्छेले मेरो हो सुर्य चिन्ह रे! कहिलेबाट तपाईंको हो सूर्य चिन्ह? पार्टी छोडेपछि सूर्य चिन्ह रे!,’ ओलीले भने।

सम्बोधनका क्रममा उनले २०७४ सालको चुनावमा प्रचण्डलाई चिनतवनबाट आफूहरुले जिताएको दाबी गरे। यस्तै, प्रचण्डले २०७० सालको चुनावमा किर्ते गरेर जितेको विषयमा सबै जानकार रहेको ओलीको दाबी छ।

अर्को प्रसंमा उनले संसद् विघटनको विषय सर्वोच्चमा पुर्‍याएर कानुन व्यवसायीलाई काम मिलेको बताए।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अनौपचारिक रुपमा विभाजित भइसकेको नेकपा दुवै पक्षका नेताहरुरले एक अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..