ओली खालि बकबक गर्नुहुन्छ, रिस उठ्यो कि पत्रकार र वकिललाई गाली : नेपाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पन्ध्र वर्षअघि लोकतन्त्रको आन्दोलनमा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओलीको वैशाखमा चुनाव हुने भविष्यवाणी विफल हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा आयोजित सभामा नेपालले ओलीले समयको गति बुझ्न नसक्ने व्यक्ति भएकाले समयको पछिपछि लतारिने आरोप लगाए ।

केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन,’ नेपालले भने, ‘पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ ।’ आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नु भनेको ओलीले नमानेको उनले बताए । ‘खालि बकबक गर्नुु हुन्छ,’ उनले भने, ‘उहाँलाई रिस उठ्यो; पत्रकार, वकिललाई गाली गर्‍यो ।’ ओलीले आफ्नै मन्त्रीलाई समेत गाली गर्दै आएको र त्यसको एकभारि फेहरिस्त आफूसित रहेको नेपालले दाबी गरे ।

‘केपी ओलीले अगतिला कुरा मात्र बोल्न जान्नु भएको छ,’ उनले भने, ‘जहिल्यै अगाडि बढ्ने कुराको विरोध गर्नु भएको छ ।’ उनले ओलीले राम्रो संस्कार सिक्न जरुरी रहेको बताए । ‘ओलीमा मैमत्ता प्रवृति हाबी छ,’ उनले भने, ‘यही प्रवृत्तिलाई निरंकुशता भनिन्छ ।’ ओली समर्थकलाई लक्षित गरेर उनले भने,‘ओलीको जालझेलमा परेका साथीहरु मूल पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ ।’ निर्वाचन आयोगले पनि बहुमत केन्द्रीय सदस्य रहेको पार्टी नै मूल हुने बताइसकेकाले भ्रममा नपर्न नेपालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..