
काभ्रेको बनेपा बुडोलमा प्रेसर कुकर बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीका अनुसार बाटोमा अज्ञात समुहले राखिएको शंकास्पद वस्तु देखेपछि अनुसन्धानको क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएको छ।
डिस्पोज गर्नको लागि नेपाल आर्मीको टोलीलाई बोलाइएकोमा अहिले भने सो बम डिस्पोज पारिएको उनले बताए। सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी उनले बताए।
यता गएराति रोसी गाउँपालिकास्थित नार्के पुलमा पनि अज्ञात व्यक्तिले बम पड्काएको आवाज आएको एसपी खत्रीले बताए। शंकास्पद वस्तु देखेपछि बिहान ५ बजेदेखि राजमार्ग अवरुद्ध रहेको छ। अाज सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेत्रृत्वको नेकपाले नेपाल बन्द गरेको छ।