प्रचण्ड–माधवको सभाबारे ओलीको टिप्पणी : काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् ।

शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’

प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’

कार्की ब्याङ्क्वेटमा जम्मा भएका केही सय कर्याकर्तालाई सम्बोधन गर्दै ओली समूहको अध्यक्ष समेत रहेका उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’

संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..