प्रचण्डको स्पष्टीकरण- हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्न खोजेको होइन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

७ माघ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् ।

बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।

आफ्नो भनाइले कन्फ्युजन ल्याएको बताउँदै उनले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको हो ।’

आफूहरु निकट अनेरास्ववियूको भेलालाई यही माघ चार गते काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन भनेका थिए ।

जनताको बहुदलीय जनवाद (जबज) प्रधानमन्त्री केपी शर्मा ओलीले नै छाडेको प्रचण्डले बताए । आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा ओलीले जबज छाडेको प्रचण्डको भनाइ छ ।

निर्वाचनसँग आफूहरु नडराउने तर तानाशाहले गराउने चुनावले संविधान भाँच्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..