नेपालमा थप ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा २१८ सहित देशभर ३४८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ।
सोही अवधीमा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ। यो ९७.९ प्रतिशत हो।
अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ छ। यस्तै १९० जना क्वारेन्टिनमा छन् भने ३ हजार ७६४ जना आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६१ जना आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै, थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।

